प्रदेशका मन्त्री तथा पदाधिकारीहरुलाई आचारसंहिता लागू

हेटौडा न्युज
२५ भाद्र २०७८, शुक्रबार १५:३५
;

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्री र पदाधिकारीका लागि आचारसंहिता पास गरेको छ ।

मन्त्रीपरिषद्को बैठकले मन्त्री र पदाधिकारीहरुका लागी आचारसंहिता पास गरेको बागमती प्रदेश सरकारका प्रवक्ता भौतिक पुर्वाधार विकास मन्त्री केशवराज पाण्डेले जानकारी दिएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दे मन्त्री पाण्डेले प्रदेश सरकारले गरेका विभिन्न निर्णयहरु   सार्वजनिक गरेका हुन् ।

प्रदेशका मन्त्री तथा पदाधिकारीले कुनैपनि नियुक्तीमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने गरी आचार संहिता पासगरेको छ । बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्ने , सार्वजनिक सेवा प्रवाह सुशासनयुक्त प्रदेश बनाउने गरी आचार संहितापास गरेका मन्त्री पाण्डेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*