बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्यले लिए सपथ

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर जगतवहादुर बस्नेतलाई नियुक्त गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोक मेलम्चीका बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको हो । त्यस्तै आयोगका सदस्यमा रामेछापका ज्ञानकुमार श्रेष्ठ,काठमाडौंकी निलम ताम्राकार र नुवाकोटका रामशरण प्याकुरेल नियुक्त भएका छन् ।
नवनियुक्त योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरुलाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शुक्रवार पद तथा गापनीयताको सपथ गराएकी छन् ।