सपथग्रहणमा पत्रकारलाई प्रवेश निषेध , नेताका आसेपासे निर्वाध प्रवेश

ठाउँ साघुँरो भएर प्रवेश नदिईएको होेः प्रदेश प्रमुखको कार्यालय
हेटौडा न्युज
२३ भाद्र २०७८, बुधबार १६:३०
;

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको  सपथ ग्रहणमा पत्रकारलाई समाचार सङ्कलनमा रोक लगाइएपछि पत्रकारहरुले प्रदेश प्रमुखकोे कार्यालय अगाडी धर्ना दिएका छन् ।

प्रदेश प्रमुख कार्यालयमा ६ जना मन्त्री र ४ जना राज्यमन्त्रीको सपथग्रहण कार्यक्रममा समाचार सङ्कलन गर्न पत्रकारलाई रोक लगाइएको थियो । तर, पत्रकार भन्दा बाहेक कार्यालय सहयोगी, चालक, जग्गा व्यावसायी, होटल व्यावसायी र आम युवाहरु सपथग्रहणको हलमा प्रवेश गरेका थिए ।

पत्रकारलाई समाचार सङ्कलनमा रोक लगाएपछी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अगुवाइमा प्रदेश प्रमुखको कार्यालयको मुल गेटमानै पत्रकारहरुले धर्ना दिएका थिए । पत्रकारलाई बारम्बारको सपथग्रहणमा रोक लगाएकोमा बिरोध स्वरुप धर्ना दिइएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए ।

पत्रकारहरुले कार्यालयको गेटमा आधा घण्टा धर्ना दिएपछि सपथ ग्रहण समाहरोहमा प्रवेश गर्न दिईएको थियो । प्रदेश प्रमुख कार्यालयका सचिव नारायण प्रसाद भट्टले ठाउँ नभएर पत्रकारलाई प्रवेश गर्न नदिईएको बताए । उनले आमन्त्रण गरिएका अतिथिमात्रै समारोहमा प्रवेश गरेको दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*