बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तारको तयारी

हेटौडा न्युज
२३ भाद्र २०७८, बुधबार ११:२१
;

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

मुख्यमन्त्री शाक्यले ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् ।मन्त्रिपरिषद विस्तारको तयारी भएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए । आजै शपथ ग्रहण गराउने तयारी रहेको छ । बागमतीमा हाल दुई सदस्यीय मन्त्रीमण्डल छ ।

केशवराज पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका छन् । यसअघि सामाजिक विकासमन्त्री कृष्णप्रसाख खनालले राजीनामा दिएका थिए । उनले माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरे संगै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*