(एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठनले गृहमन्त्रीको पुत्ला जलाउँदै राजीनामा माग गरेका छन्

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाणको पुत्ला जलाउँदै प्रदर्शन गरेको छ ।
मीनभवन स्थित नेपाल कमर्श क्याम्पस अगाडि (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले गृहमन्त्री खाणको पुत्ला जलाउँदै राजीनामा समेत माग गरेको छ । भारतीय प्रधानमन्त्री र अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध नबोल्न विज्ञप्ति जारी गरेको भन्दै उनीहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
विद्यार्थी नेता÷कार्यकर्ताले एमसीसी खारेज गर्नुपर्ने, जयसिंह धामीलाई न्याय दिनुपर्नेलगायतका नाराहरू लगाएका छन् ।