बागमती प्रदेशसभामा एकल बहुमत गुमाउँदै ४३ सिटमा खुम्चियो एमाले

हेटौडा न्युज
२१ भाद्र २०७८, सोमबार ११:०५
;

मकवानपुर । बागमती प्रदेशसभामा एकल बहुमत रहेको नेकपा एमाले विभाजन पछि ४३ सिटमा खुम्चिएको छ ।

प्रदेशसभामा ५६ सिट रहेको एमाले विभाजन भएपछि बनेको नयाँ दल एकीकृत समाजवादीमा एमालेका १३ जना प्रदेशसभा सदस्यहरुले सनाखत गरेपछि सभामुख सहित नेकपा एमाले प्रदेशसभामा ४३ सिटमा खुम्चिएको हो ।

एमालेले एकल बहुमत गुमाएसँगै प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सत्ता जोगाउन सकस पर्ने देखिएको छ । समाजवादीमा प्रवेश गरे विपक्षी गठबन्धनले सहयोग गर्ने तर एमालेमै रहे मुख्यमन्त्री शाक्यलाई हटाएर गठबन्धनबाट नयाँ मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*