हेटौंडा १५ मा ४ सय २५ जना एमालेमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा विभिन्न पार्टी परित्याग गरि ४ सय २५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सङ्घीय समाजवादीका जिल्ला सदस्य राजेन्द्र वाईवा लगायत ४ सय २५ जना एमालमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एबम बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले एमाले टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
नवप्रवेशीहरुलाई स्वागत गर्दे उनले एमालेको नेतृत्वमा बनेको सरकारले जस्तो विकास वर्तमान सकारले पनि गर्न नसक्ने दाबी गरे । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ वडा कमिटीका अध्यक्ष पर्सबहादुर भुजेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण प्रसाद दाहाल, जिल्ला समन्वय मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगाएतकाको उपस्थिति रहेको थियो ।