थाहानगर वडा नम्बर ७ मा माओवादी निकट महिला सङ्गठनको भेला सम्पन्न

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्गठन क्रान्तिकारी थाहा नगरपालिका वडा नम्बर ७ मा चित्र कुमारी मोक्तानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुर जिल्ला कमिटि सदस्य तथा थाहा नगर इन्चार्ज शकुन्तला गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा सुन्तली माया गुरुङ, सचिबमा सबिना तामाङ, कोषाध्यक्षमा मिना कुमारी स्याङ्तान, सहसचिबमा उर्मिला थिङलाई चयन गरेको छ ।