एमालेले मात्र मेलम्ची ल्याउने ओलीको दाबी

हेटौडा न्युज
१९ भाद्र २०७८, शनिबार १५:५८
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने दावी गरेका छन् ।

शनिबार एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी ल्याउन नसक्ने बताए ।

मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको सरकारले आउँदो वैशाखसम्म पानी ल्याउने तयारी गरेको भन्दै ओलीले यो सरकारले वैशाखमा पानी ल्याउन नसक्ने जिकिर गरे । उनले भने ‘चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ ।

एमाले चाहिन्छ मेलम्ची ल्याउन अरुले ल्याउन सक्ने छैन ।’ आफू नेतृत्वको सरकारले मेलम्ची जाने सडक मर्मतमा बजेट विनियोजन गरेको तर अहिलेको सरकारले काटेको ओलीले दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*