हेटौंडा उपमहानगरपालिका वडा नम्बर – ९ युवा संघको अध्यक्षमा विवेक दाहाल चयन

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृसंगठन युवा संघ नेपाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर –९ मा विवेक दाहालको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
आज एक कार्यक्रमका बीच दाहालको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा सुर्दशन भट्टाई, सचिव विशाल अधिकारी, सह—सचिव सुनिल दलार्मी, कोषाध्यक्ष सजना मल्ल चयन भएका छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आथित्यता रहेको थियो ।