एमालेका अध्यक्ष ओली अस्वस्थ अत्यावश्यक बाहेक भेटघाट बन्द

मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीका कारण अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए । अध्यक्ष ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् ।
अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए । नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय रहेका थिए ।