मकवानपुरका १० स्थानीय तहहरु मध्ये एक प्रमुख र दुई उपप्रमुख समाजवादीमा

हेटौडा न्युज
१८ भाद्र २०७८, शुक्रबार ११:५८
;

मकवानपुर । स्थानीय निर्वाचनमा  मकवानपुरका १० स्थानीय तहहरु मध्ये नेकपा एमालेबाट विजयी भएका एक प्रमुख र दुई उपप्रमुखले एमाले त्याग गर्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

बिहीबार हेटौंडा–५ स्थित प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भएर एक प्रमुख र दुई उपप्रमुख सहित २५ जना स्थानीय जनप्रतिनिधिहरुले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यलय हेटौंडाले जनाएको छ ।

सनाखत गर्नेहरुमा कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट रहेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*