नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा पोखरेल, उपाध्यक्षमा उपमेयर लामा

हेटौडा न्युज
१७ भाद्र २०७८, बिहीबार १५:५२
;

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् ।

बिहीबार हेटौंडामा भएको (एकीकृत समाजवादी)को जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटि निर्माण भएको नेकपा एसकी केन्द्रीय सदस्य मुुनु सिग्देलले घोषणा गरिन् ।

कमिटिको जिल्ला उपाध्यक्षमा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी मिना लामा तथा सचिवमा विष्णु दाहाल चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*