एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

हेटौडा न्युज
१७ भाद्र २०७८, बिहीबार १२:२८
;

मकवानपुर । नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको छ ।

संघीय संसद सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा दलको कार्यालय राखिएको छ । संसद सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले भदौ ९ गते मान्यता दिएको थियो । एकीकृत समाजवादीको संसदीय दलको कार्यालय टुंगो लागे पनि पार्टीको केन्द्रीय कार्यालय भने अझै टुंगो लागेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*