प्रचण्डले भेटे झलनाथलाई कम्युनिष्ट एकताबारे छलफल

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका छन् ।
मिर्गौला प्रत्यारोपणपछि सोमवार दिल्लीबाट फर्किएका खनाल आफ्नो निवास डल्लुमा आराम गरिरहेका छन् । खनालको स्वास्थ्य अवस्था बुझ्न र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रचण्ड उनको निवासमा गएका हुन् ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेतासमेत रहेका खनालसँग सरकार विस्तार तथा कम्युनिस्ट एकताको बारेमा पनि कुरा भएको खनालको सचिवालयले जनाएको छ ।