एमाले फुटाएको होईन विद्रोह गरेको हो: नेता खनाल

हेटौडा न्युज
१४ भाद्र २०७८, सोमबार १७:१२
;

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूले एमाले फुटाएको नभई विद्रोह गरेको बताएका छन् ।

नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको उनले बताए ।

भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले भने, ‘विद्रोह नवनिर्माणका निम्ति हो ।’ ७१ वर्ष लागिसकेकाले अब कार्यकारी पदमा दाबी नगर्ने र देश, रा्ष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा काम गर्ने उनले बताए ।

सोमबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका पूर्व प्रधानमन्त्री खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*