गगन थापाको काङ्ग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

हेटौडा न्युज
१४ भाद्र २०७८, सोमबार १४:२८
;

मकवानपुर । नेपाली काङ्ग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले भने ‘मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली काङ्ग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

थापा यसअघि पनि महामन्त्रीका उम्मेदवार थिए । काङ्ग्रेसको कृष्णप्रसाद सिटौलाको खेमाबाट उठेका थापा पराजित भएका थिए । यस पटक सर्वसम्मत रुपमा चयन हुने प्रयत्न गर्ने थापाले बताए । नेपाली काङ्ग्रेसले मंसिर ९ गते देखि – १३ गते सम्म १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*