बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले एमाले त्यागे

हेटौडा न्युज
९ भाद्र २०७८, बुधबार १६:३१
;

मकवानपुर । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले नेकपा एमाले परित्याग गरेका छन् ।

मन्त्री खनालले बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्तामा हस्ताक्षर गरेर नेकपा एमाले त्याग गरेका हुन् । उनले केन्द्रीय सदस्यहरुको तर्फबाट ५२ नम्बरमा सनाखत गरेका छन् । उनी चितवन क्षेत्र नम्बर २ बाट बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएका थिए ।

माधवकुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि पेस भएको नामवलीको सनाखत गर्ने काम सकिएको छ । निर्वाचन आयोगले ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*