माधव नेपालसहितको टोली निर्वाचन आयोग पुग्यो

मकवानपुर । प्रस्तावित नेकपा (एकिकृत समाजवादी) नयाँ पार्टीको दर्ता सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् ।
एकिकृत समाजवादीका केन्द्रीय सदस्य र सांसदहरु चन्द्रागिरी रिसोर्टबाट सिधै निर्वाचन आयोग पुगेका हुन् । आज साढे ११ बजेदेखि ३ बजेसम्म सनाखत गर्ने समय आयोगले दिएको छ ।
नयाँ पार्टी दर्ताका लागि केन्द्रीय कमिटी वा संघीय संसदीय दलमा २० प्रतिशत हुनुपर्छ । नेपाल पक्षले साविक नेकपा (एमाले)मा केन्द्रीय सदस्य रहेका ६० जना र ३१ सांसद आफ्ना पक्षमा रहेको दावी गरेको छ ।