अष्टलक्ष्मी शाक्य मेरै सल्लाहमा मुख्यमन्त्री बन्नुभएको हो: माधवकुमार नेपाल

हेटौडा न्युज
८ भाद्र २०७८, मंगलवार १४:१२
;

मकवानपुर । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै सल्लाहमा अष्टलक्ष्मी शाक्य बागमती प्रदेशकी मुख्यमन्त्री बनेको बताएका छन् ।

चन्द्रागिरि रिसोर्टमा मंगलबार बसेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले शाक्य आफ्नै सल्लाहमा बागमतीकी मुख्यमन्त्री बनेको बताएका हुन् ।

उनले भने ‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो । तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘पार्टी दर्ता भएको २१ दिनभित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ । त्यो समय भित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो ।’

पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले आफूहरूलाई पार्टीबाट निष्कासन गरिएपछि बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् । उनले एमाले विभाजन हुनुमा अध्यक्ष केपी शर्मा ओली मुख्य जिम्मेवार भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*