मुख्यमन्त्री केसीले पाए विश्वासको मत

हेटौडा न्युज
७ भाद्र २०७८, सोमबार १७:२७
;

मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बाबजुत लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका हुन् ।

सोमबार प्रदेशसभामा विश्वासको मत लिँदा केसीका पक्षमा ४२ सांसदले मत दिए । सभामुखसहित ४३ जना उपस्थित बैठकमा १ जना तटस्थ बसे ।

एमालेले सभा बहष्कार गरेका कारण विपक्षमा भने शून्य मतदान भयो । ८० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४१ मत चाहिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*