प्रदेशको स्थायी राजधानी हेटौंडा कायम गर्न मेरो महत्वपूर्ण भूमिका रह्यो: डोरमणी पौडेल

मकवानपुर । बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो सक्रियताकै कारण प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएको बताएका छन् ।
शनिबार बिहान राष्ट्रिय युवा संघ नेपाल ७ नम्बर वडा कमिटिको युवा भेलालाई सम्बोधन गर्दै पौडेलले मकवानपुरकै केही प्रदेश सदस्यले राजधानी हेटौंडा राख्न नमानेपनि आफुले स्थायी राजधानी हेटौंडा राख्न सफल भएको बताएका हुन् ।उनले माधव नेपालले प्रधानमन्त्री र अध्यक्ष पदको लागि पार्टी फुटाउने काम गरेको बताए ।
पौडेलले भनेः” पदको लागि माधव नेपालले पार्टी फुटाए,मैले पार्टीको लागि मुख्यमन्त्री पद त्यागे । अब फरक आफै छुट्याउनुहोस् पद ठूलो की पार्टी ? मान्छे चिन्नुपर्ने बेला आएको छ । पदको लागि पार्टी त्याग्ने की पार्टीको लागि पद त्याग्ने ?”
पौडेलले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ यात्रा बोकेको बताउँदै प्रदेशमा आफ्नै पार्टीको नेतृत्व रहेको बताउँदै आउँदो दिनहरुमा पनि विकास निमार्णका कामहरु अघि बढ्ने बताए ।