राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।
बुधबार दिउँसो राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारि दिए ।
सरकारले मंगलबार अध्यादेश ल्याएको थियो । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमा छ ।