वरिष्ठ नेता नेपाल, मकवानपुरका खतिवडा सहित १४ जनालाई पदमुक्त गर्न एमालेको पत्र

मकवानपुर । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, मकवानपुरका विरोध खतिवडा सहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कार्वाही गरेको छ ।
उनीहरुलाई कार्वाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।
कार्वाहीमा पर्ने सांसदहरु माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी रहेका छन् ।