दल विभाजन सम्बन्धी अध्यादेश ल्याए एमालेले प्रतिवाद गर्ने

हेटौडा न्युज
१ भाद्र २०७८, मंगलवार १३:३५
;

मकवानपुर । नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको छ ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने बताए । चेतावनीको शैलीमा उनले भने, ‘त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार स्वयं जिम्मेवार हुनुपर्नेछ ।’

दल विभाजन सम्बन्धी अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित बनाउने र संकटतिर धकेल्ने एमालेको ठहर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*