माओवादी मकवानपुरका नेता प्रजासहित दर्जन कार्यकर्ता एमालेमा प्रवेश

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरको राक्सिराङका नेता सन्च बहादुर प्रजासहित एक दर्जन बढी कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले मकवानपुरमा प्रवेश गरेका छन् ।
आज आइतबार हेटौंडा पुष्पलाल पार्क स्थित एमाले पार्टी कार्यलयमा भएको एक कार्यक्रमका बिच नेता प्रजा सहित,अभिशेक चेपाङ,बनी राना चेपाङ,दिपक चेपाङ सहित दर्जन कार्यकर्ताहरु नेकपा माओवादी र नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।
राक्सिराङ गाउँपालिका वडा नम्बर ६ र ८ का एक दर्जन बढी युवाहरु एमाले प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुरका इन्चार्ज रामेश्वर राना,संविधानसभा सदस्य एवं एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेल,एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगाएतले स्वागत गरेका हुन् ।