माओवादीको महाधिवेशन पुसमा गर्ने प्रस्ताव

मकवानपुर । नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसमा गर्ने प्रस्ताव पेश भएको छ ।
काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठानिक प्रस्तावमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ।
केन्द्रीय सदस्यहरुको समूह बनाएर अध्यक्ष प्रचण्डको दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको छ । शनिवार पहिलो दिनको बैठक प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समूह बनाएर टुंगिएको छ ।
आइतवार विहान ११ बजेसम्म समूहगत छलफल हुने र त्यसपछि पुनः बैठक बसेर निर्णय गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।