जनादेशको सरकार ढालेर परमादेशबाट सरकार बनाए: मुख्यमन्त्री पौडेल

हेटौडा न्युज
२९ श्रावण २०७८, शुक्रबार १६:१२
;

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनादेशबाट आएको सरकारलाई बिस्थापित गरेर परमादेशबाट सरकार बनाईएको बताए ।

शुक्रबार जिल्ला समन्वय समिति मकवापनुरको छैठौं जिल्ला सभाको कार्यक्रमलाई उद्घाटन गर्दे मुख्यमन्त्री पौडेलले जनादेशबाट आएको लोकप्रिय सरकारलाई बिस्थापित गरेर परमादेशबाट सरकार बनाईएको बताए ।

उनले राजनेता केपी ओलीलाई असफल बनाउन पार्टीभित्रैका नेताहरुले विपक्षी दललाई समर्थन गरेको बताए । यस्तै मुख्यमन्त्री पौडेलले स्थानीय तहहरुको समन्वय गर्दे जिल्ला समन्वय समिति मकवानपुरले उत्कृष्ट काम गरेको बताए ।

उनले स्थानीय सरकार, प्रदेश सरकारबीच राम्रो सहकार्य भएको बताए । स्थानीय सरकारमा अध्यक्षले उपाध्यक्षलाई काम गर्न दिएन, मेयरले उपमेयरलाई काम गर्न दिएन भन्ने गुनासो सुन्दै आएको बताए ।

उनले आफुसँग भएको अधिकारको प्रयोग गर्दे आफ्नो भुमिका आफै खोज्नुपर्ने बताए । स्थानीय तहमा प्रमुखलाई भन्दा उपप्रमुखलाई बढी अधिकार दिईएको भन्दैे आफ्नो जिम्मेवारी पुरा गर्दे आफ्नो भूमिका आफै खोज्नुपर्ने मुख्यमन्त्री पौडेलले तर्क गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*