सांसद महतको प्रश्न: कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

मकवानपुर । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकारले कुलमान घिसिङ बाहेक राम्रो काम गर्ने मान्छे नदेखेको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले कुलमानबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गरका छन् ।
उनले भने “कुलमानले प्राधिकरणलाई फाइदै पु¥याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?”
सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन उनले आग्रह गरे ।