मुख्यमन्त्री पौडेलले गरे प्रदेश युवा परिषद्को कार्यालय उद्घाटन

मकवानपुर । बागमती प्रदेश युवा परिषद्को कार्यालयको बिहीबार उद्घाटन गरीएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा रहेको बागमती प्रदेश युवा परिषद्को कार्यालयको आज प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गरेका हुन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज कार्यालय उद्घाटन् गरिएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले युवाहरुको काँधमा ठुलो जिम्मेवारी आएको बताए । उनले युवाहरु राजनीतिक संगै आर्थिक आन्दोलनमा लाग्नुपर्ने धारणा व्यक्त गरे । युवाहरुलाइ उत्पादन सँग जोडर स्वरोजगार बनाउदैँ देशको आर्थिक विकास गर्न सकिने उनको भनाई थियो ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेत , राज्यमन्त्री रामकुमार अधिकारी, संविधानसभाका सदस्य अनन्त पौडेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलीया, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतकाको उपस्थिति रहेको थियो ।