दक्षिण एशियाकै पहिलो सुरुङमार्ग अध्ययनको गन्तब्य बन्छ: मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडामा रहेको दक्षिण एशियाकै पहिलो सुरुङमार्गले इतिहासलाई जोगाउँदै पर्यटन प्रवर्दन र अध्ययनको विषय बन्ने बताएका छन् ।
चुरीयामाई सुरुङको पुननिर्माणको बिहीबार शिलान्यास गर्दै उनले यस क्षेत्रलाई पर्यटकिय गन्तब्य रुपमा विकास गरिने बताए । मुख्यमन्त्री पौडेलले भने इतिहासमा डिल्लीजंङ थापाले गरेको यो राम्रो कामलाई बचाएर महत्वका साथ काम गर्न लागिएको हो ।
निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न मुख्यमन्त्री पौडेलले आग्रह गरे । निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा सरकारको आलोचना हुने गरेको उनले बताए ।