मंगलबार मकवानपुरमा ७१ जनाले जिते कोरोना

मकवानपुर। मंगलबार मकवानपुरमा ७१ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ७१ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १२ हजार ६ सय ६३ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ९ सय १७ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ६ सय ६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ४० जनाको मृत्यु भएको छ ।