स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए सपथ

मकवानपुर । नेपाल सरकारका नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
संविधानतः राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था रहेकोले सपथ समारोह सिंहदरबारमा राखिएको हो ।
सपथ समारोहमा देउवा मन्त्रिमण्डलका सदस्यहरू उपस्थित थिए । प्रधानमन्त्री देउवाले श्रेष्ठलाई आज स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । स्वास्थ्यमन्त्रीको जिम्मेवारी भने हाल प्रधानमन्त्रीले आफैं राखेका छन् ।