नेकपा एमाले परिपक्व पार्टी हो: अध्यक्ष ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको मुहार फेर्ने अभिभारा भएको परिपक्व राजनीतिक पार्टी एमाले भएको बताएका छन् ।
अखिल नेपाल महिला संघले आइतबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमाले कुनै गुण्डा दल होइन। परिपक्व राजनीतिक पार्टी हो । यसलाई देशको मुहार फेर्ने अभिभारा छ ।’
उनले पार्टीभित्रका अन्तरघातीलाई नङ्ग्याउनुपर्ने पनि बताए । पार्टीलाई ध्वस्त पार्न खोज्नेबाट जोगाउनु पर्ने उनको भनाइ थियो । स्वार्थको किनबेचबाट भन्दा पनि विचार र सिद्धान्तमा केन्द्रित भई अनुशासनमा बाँधिएको अग्रगामी शक्ति एमाले भएको उनले बताए ।
पार्टीका केही मानिस प्रतिक्रियावादीका पछि हिँडेर आन्दोलन कमजोर बनाएको उनको भनाइ थियो ।