मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका अन्य मन्त्रीहरुका बिचमा कार्यसम्पादन करार सम्झौता गरिएको छ ।
मुख्यमन्त्री पौडेलले शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाँल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र सामाजिक विकास मन्त्री सरस्वती बस्नेत सँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
मुख्यमन्त्री र मुख्यमन्त्री कार्यालयका प्रमुख सचिब डाक्टर मुकुन्द पौडेलका बिचमा पनि करार सम्झौता भएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे , उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल भने कार्यक्रममा उपस्थित भएनन् ।