एमाले एकताको जिम्मा ओलीलाई

हेटौडा न्युज
७ श्रावण २०७८, बिहीबार १८:१५
;

मकवानपुर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।

विहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लङ्घनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, “कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ । अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको छ । छलफल चलिरहेकाले यस बारेमा अरु निर्णय गरेका छैनौं ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*