माधव नेपालले ब्युँताए पिपुल्स भोलिन्टयर्स

हेटौडा न्युज
७ श्रावण २०७८, बिहीबार १७:३६
;

मकवानपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) घोषणा गरेका छन् । एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि ब्युँताइएको हो ।

बिहीबार युवा संघ नेपालको भक्तपुर भेलाबाट एक हजार एक सदस्यीय पीभी घोषणा गरिएको हो । नेता नेपाल आफैंले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा पीभी घोषणा गरेका हुन् ।

पीभीको इन्चार्ज सन्जीप राई र सचिव मनोज खत्री चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युँताएपछि नेता नेपाल समूहले पनि पीभी घोषणा गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*