अपमान सहेर पार्टीमा बस्न सकिदैन: नेता नेपाल

मकवानपुर । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूविरुद्ध पार्टी भित्रैबाट भइरहेको प्रदर्शनलाई नाटक भन्दै यस्तो काम गर्नेहरू अपराधी र फटाहा भएको टिप्पणी गरेका छन् ।
नेता नेपाललले अध्यक्ष केपी शर्मा ओलीले बालकोट निवासमा गरेको भाषणलाई नाटक मञ्चन गरेको बताएका छन् ।
बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘अपराधिक, शोषक, सामन्ती, जाली–झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ ।’नेता नेपालले अपमान सहेर पार्टीमा नबसिने चेतावनी समेत दिए ।
‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन्,’ नेपालले भने, ‘गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशिक्षण हामीले पाएका छैनौं ।’
अरुको अपमान गर्नेले समाज र राष्ट्रको अपमान पनि गर्ने भन्दै उनले प्रवृत्तिलाई निरुसाहन गनुपर्ने बताए ।