संवैधानिक नियुक्ति सम्बन्धी विवादहरुको सुनुवाई साउन १५ पछि हुने

हेटौडा न्युज
७ श्रावण २०७८, बिहीबार १२:४५
;

मकवानपुर । संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धी विवादहरुको सुनुवाई सर्वोच्च अदालतले साउन १५ गतेपछि मात्रै गर्ने भएको छ ।

कोरोना महामारीका कारण अधिकांश सेवा कटौती गरेको सर्वोच्च अदालतले आगामी साताको शुक्रबार(साउन १५) गतेपछि मात्रै सबै सेवा खुला गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा र अरु कारणले कटौती भएका अदालतका सेवाहरु विस्तारै खुल्ने क्रममा छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार साउन लागेपछि लगत व्यवस्थापनका कारण केही दिन काम काज प्रभावित भएतापनी साउन १५ गते साप्ताहिक पेशी तोकिने बताए । त्यसपछि पुराना मुद्दाहरुको पनि नियमित सुनुवाई हुने प्रवक्ता दहालको भनाई छ ।

उनका अनुसार, नयाँ मुद्दाका लागि भने साप्ताहिक पेशी तोकिन आवश्यक पर्ने नभएकाले त्यसलगत्तै सुनुवाई हुन्छ । सबै सेवा शुरु भएपछि संवैधानिक इजलास पनि नियमित रुपमा बस्ने उनले बताए । ओली सरकारले गत मंसीर अन्तिम साता र जेठको पहिलो सातामा अध्यादेश जारी गरी संवैधानिक निकायका पदाधिकारीहरु नियुक्ति गरेको थियो ।

अघिल्लोपटक २० जना र पछिल्लो पटक ३२ जना संवैधानिक पदाधिकारी सिफारिसपछि संसदीय सुनुवाई बिना नियुक्त भएका थिए । दुवै निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदनहरु विचाराधीन छन् । कतिपय निवेदनमा भने प्रारम्भिक सुनुवाई समेत भएको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*