४३ औ पुष्पलाल स्मृति दिवस हेटौंडामा मनाईयो

हेटौडा न्युज
७ श्रावण २०७८, बिहीबार १०:४२
;

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवस आज हेटौंडामा मनाइएको छ ।

नेकपा एमाले मकवानपुरको आयोजनामा स्मृति दिवस मनाइएको हो । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पुष्पलाल पार्कमा स्थापना गरिएको पुष्पलाल श्रेष्ठको शालिक बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अनावरण गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले पुष्पलालका शिद्धान्तलाई आत्मसाथ गर्न आग्रह गरे । अहिलेको अवस्थामा शिरमा पुगेको कम्युनिष्ट आन्दोलनलाई गिराउने काम भएकोमा मुख्यमन्त्री पौडेलले दुख व्यक्त गरे ।

नेपालमा कम्युनिष्ट पार्टी मार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*