निर्माण व्यवसायीले समयमा काम नगर्दा सरकारको आलोचना भयो: मुख्यमन्त्री पौडेल

हेटौडा न्युज
६ श्रावण २०७८, बुधबार १८:३८
;

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा सरकारको प्रगती नदेखिएको बताएका छन् ।

बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले निर्माण व्यवसायी कम्पनीले तोकिएको समयभित्र आफ्नो जिम्मेवारी पुरा नगर्दा त्यसको अपजस सरकारले खेप्नु परेको गुनासो गरे ।

निर्माण कम्पनीले ठेक्का सम्झौता गरपछि निर्माणको काम अलपत्र पारेर वेपत्ता हुने गरेको बताउँदै उनले जनताले सरकारले कामै गरेन भन्दै सरकारमाथी आक्रोश पोख्ने गरेको बताए ।

उनले सरकारको काम नीति निर्माण गर्ने, योजना बनाउने भएपनि ती योजनाको कार्यान्वयन गर्ने जिम्मा कर्मचारी, निर्माण व्यवसायी र सरोकारवाला निकायको भएको बताए ।

सरकारले मात्रै चाहेर केही पनि नहुने भन्दै मुख्यमन्त्री पौडेलले मुलुक समृद्ध बनाउन सबै राजनीतिक दल, क्षेत्र, सरोकारवाला निकाय र आम जनताको सहभागितामुलक सहयोग आवश्यक रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*