प्रधानमन्त्री शेरबहादुर देउवालाई महन्थ ठाकुरले भेटे

हेटौडा न्युज
६ श्रावण २०७८, बुधबार ११:०६
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भेटेका छन् ।

आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले कुराकानी गरेका हुन् ।

ठाकुरनिकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका माग लगायत विषयमा छलफल भएको छ ।

जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ । ठाकुर पक्षले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत पनि दिएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*