प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

हेटौडा न्युज
५ श्रावण २०७८, मंगलवार १३:१९
;

मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको छ ।

माधव नेपालसँग भएको भेटमा पनि यसै विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*