रावलले राजीनामा फिर्ता लिनुपर्छ: अध्यक्ष ओली

मकवानपुर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुपर्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावलले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका हुन् ।
केन्द्रीय कमिटीको बैठकमा रावलको राजिनामाबारे चर्चा गर्दै अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको बताए ।
ओलीले भने, ‘भीम रावलले भन्दा पनि माधव नेपालले देउवालाई एक्लै भने पनि भोट हाल्छु भनेछन् । त्यसपछि सल्लाह नगरी हतारिएर किन राजीनामा दिएको ? माधव नेपालले गद्दारी गरे पनि एमाले पार्टी त छ नि । सकिन्छ भने राजीनामा फिर्ता गर्नुपर्छ ।’