धरहरा र चुच्चे नक्साका कारण केपी ओलीलाई सम्झिरहने छन्: नेता ज्ञवाली

मकवानपुर । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई धरहरा र चुच्चे नक्सामार्फत जनाले सम्झिरहने नेकपा (एमाले) का प्रवक्ता एवम् सांसद प्रदीप ज्ञवालीले दावी गरेका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रयोजनका लागि प्रतिनिधिसभाको बैठकमा चलिरहेको छलफलमा एमालेको प्रतिनिधिका रूपमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले कोरोना खोपका लागि पनि जनताले केपी ओलीलाई सम्झिने बताए । सरकारका उपलब्धीको चर्चा गर्दे उनले भूकम्पपछिको पुनर्निर्माणका लागि पनि जनाले सम्झिने बताए ।
‘प्रत्येक चोटी जब जनताले कोरोनाको खोप लगाउँछन्, यो सरकारलाई सम्झिने छन् किनभने एक करोड ६१ लाख खोप हामीले सुनिश्चित गरेका छौं,’ उनले भने, ‘ सुनधारामा धरहरा, दाहिनेपट्टी रानीपोखरी, चुच्चे नक्सा र बढेको सगरमाथाको उचाइका लागि सम्झिरहने छन्।’
उनले आफूहरू सरकारबाट बाहिएकोमा कुनै पीडा नभएको बताए ।