भीम रावलको सांसद पदबाट राजीनामा

हेटौडा न्युज
३ श्रावण २०७८, आईतवार १६:२८
;

मकवानपुर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

रावलले आफ्नो राजीनामा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताए ।

पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ ।

उनी शेरवहादुर देउवालाई विश्वासको मत दिन संस्थागत निर्णय हुनुपर्ने अडानमा थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*