शशांक निवासमा ३ कोईरालाको लञ्च मिटिङ

हेटौडा न्युज
२ श्रावण २०७८, शनिबार १२:२३
;

मकवानपुर । कांग्रेस पार्टीको संस्थापक कोइराला परिवारबाट पार्टीको महाधिवेशनको साझा उम्मेदवार तय गर्ने प्रयास भइरहेको छ ।

सभापतिका दाबेदार महामन्त्री शशांक कोइरालासहित शेखर कोइराला र सुजाता कोइराला आज पनि लञ्च मिटिङमा जुटेका छन् ।

शशांकनिवास महाराजगन्जमा कोइराला परिवारका सदस्यहरुबीच छलफल भइरहेको छ । विपी पुत्र शशांक, गिरिजापुत्री सुजाता र नोना पुत्र शेखर तीनैजनाले सभापतिको दावी गरिरहेका छन् ।

कोइराला परिवारबाट साझा उम्मेदवार बनाउने प्रयत्न जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*