ओलीले बैठक सार्न अस्वीकार गरेपछि नेपाल समुहका नेताहरू फर्किए

हेटौडा न्युज
१ श्रावण २०७८, शुक्रबार १३:२७
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक नरोकेपछी माधवकुमार नेपाल समुहका नेताहरू स्थायी कमिटी बैठक स्थलबाट फर्किएका छन् ।

एमाले कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै माधवकुमार नेपाल समुहका नेताहरू स्थायी कमिटी बैठक रोक्न माग गर्दे बैठक स्थल पुगेका थिए । एमाले अध्यक्ष केपी ओलीले बैठक सार्न अस्वीकार गरेपछि उनीहरू फर्किएका हुन् ।

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पनि पुगेका थिए ।

बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*