सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री देउवा

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।
शुक्रबार बिहान ९ः५७ बजे देउवा बालुवाटार प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा बालुवाटार आएको उनको सचिवालयले जानकारी दिएको छ ।
गत मंगलबार प्रधानमन्त्री नियुक्त भए पनि देउवा निजी निवास बूढानिलकण्ठमै बसोबास गर्दै आएका थिए।