माधव नेपालले पार्टीको हित विपरित काम गरे: मुख्यमन्त्री पौडेल

हेटौडा न्युज
३१ असार २०७८, बिहीबार १३:१९
;

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपाल समुहले पार्टीको हित विपरित कार्य गरेको भन्दै उनलाई क्षमा दिन नमिल्ने बताएका छन् ।

आज बिहिबार हेटौँडा उपमहानगरपालिका वडा नंबर १४ मयुरधापमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले माधव नेपाल समूहको जघन्य अपराधलाई एमालेका कार्यकर्ताले कहिल्यैपनि नभुलने र त्यो क्षमाको लायक पनि नरहेको स्पष्ट पारे । उनले भने ‘ एउटा पार्टीबाट निर्वाचित भएर, आफ्नो पार्टी, अध्यक्ष र प्रधानमन्त्रीलाई गलहत्याएर अर्को पार्टीलाई सरकारको नेतृत्वमा पुराउने उनिहरुको जघन्य अपराधको क्षमा हुँदैन, त्यो अपराधिक कृयाकलापलाई इतिँहासले कहिले पनि माफी दिने छैन । ’ नेकपा एमाले मात्र देशको शक्ति रहेको भन्दै उनले आउँदो निर्वाचनमा अत्याधिक बहुमत सहित फेरी सिंहदरबार प्रवेश गर्ने बताए ।

आउँदो एक महिनामा शेरबहादुर सरकारले विश्वासको मत प्राप्त नगर्ने भन्दै उनले सरकार परिवर्तन हुनसक्ने धारणा ब्यक्त गरे । ओली नेतृत्वको सरकारले आम नागरिकले थाहा पाउने गरि विकासको लहर ल्याएको भन्दै उनले यो तिन वर्षमा सरकारले ३० वर्ष अघिको भन्दा धेरै विकास गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*